बैंक तथा बित्तीय संस्था सन्बन्धी ऐन २०७३ अनुसार पूर्वाधार विकास बैंकको काम कर्तव्य र अधिकारहरु उल्लेख गर्नुहोस ।

 उत्तर  बैंक तथा बित्तीय संस्था सन्बन्धी ऐन २०७३ को परिच्छेद -७ को दफा ४९  बैंक वा वित्तीय संस्थाले बैंकिङ्ग तथा वित्तीय कारोबार गर्न सक्ने :को उपदफा ५) बमोजिम पूर्वाधार विकास बैंकको काम कर्तव्य र अधिकारहरु देहायबमोजिम उल्लेख गर्ने सकिन्छ: -                                                      (५) यो ऐन, प्रबन्धपत्र, नियमावली र राष्ट्र बैंकले तोकेको सीमा, शर्त तथा निर्देशनको अधीनमा रही पूर्वाधार विकास बैंकले देहाय बमोजिमको वित्तीय कारोबार गर्न सक्नेछ :–

(क) पूर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा कर्जा प्रवाह तथा शेयरमा लगानी गर्ने, 

(ख) पूर्वाधार विकास सम्बन्धी परियोजना सञ्चालन गर्ने कम्पनीहरुको धितोपत्रमा लगानी गर्ने,

(ग) पूर्वाधार विकास सम्बन्धी परियोजनाहरु निर्माण तथा सञ्चालनको लागि आवश्यक मेसिन उपकरण तथा औजारको खरीद, बिक्री वा आपूर्ति वा जडान सम्बन्धी कारोबारको लागि प्रतीतपत्र खोल्ने तथा जमानत पत्रहरु जारी गर्ने,                                                                                                           घ) राष्ट्र बैंकको स्वीकृति लिई पूर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा लगानी गर्न आवश्यक रकम जुटाउनको लागि विभिन्न प्रकारका स्वदेशी वा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्त गर्ने

(ङ) दीर्घकालीन प्रकृतिको निक्षेप स्वीकार गरी वा डिबेञ्चर जारी गरी स्रोत परिचालन गर्ने, 

(च) राष्ट्र बैंकको स्वीकृति लिई लिजिङ्ग कारोबार गर्ने, 

(छ) विदेशी बैंक तथा वित्तीय संस्थाको जमानत स्वीकार गरी परियोजनामा कर्जा तथा सुविधा प्रदान गर्ने, 

(ज) राष्ट्र बैंकले तोकेका अन्य कार्य गर्ने ।

Comments