बैंक तथा बित्तीय संस्था सन्बन्धी ऐन २०७३ अनुसार "ख" वर्गको विकास बैंकको काम कर्तव्य र अधिकारहरु उल्लेख गर्नुहोस ।

 उत्तर  बैंक तथा बित्तीय संस्था सन्बन्धी ऐन २०७३ को परिच्छेद -७ को दफा ४९  बैंक वा वित्तीय संस्थाले बैंकिङ्ग तथा वित्तीय कारोबार गर्न सक्ने :को उपदफा (२) बमोजिम  "ख"वर्गको विकास बैंकको काम कर्तव्य र अधिकारहरु देहायबमोजिम उल्लेख गर्ने सकिन्छ: -                                                      (१) यो ऐन, प्रबन्धपत्र र नियमावली तथा राष्ट्र बैंकले तोकेको सीमा, शर्त वा निर्देशनकोअधीनमा रही “” वर्गको बैंकले देहाय बमोजिमको बैंकिङ्ग तथा वित्तीय कारोबार गर्न सक्नेछ :–                                         (क) ब्याज वा बिना ब्याजमा निक्षेप स्वीकार गर्ने वा विभिन्न वित्तीय उपकरण मार्फत निक्षेप परिचालन गर्ने र तिनको भुक्तानी दिने,

(ख) विद्युतीय उपकरण वा साधनको माध्यमबाट निक्षेप स्वीकार गर्ने, भुक्तानी दिने, लेनदेन गर्ने, मध्यस्थताको काम गर्ने र रकमान्तर गर्ने,

() हायर पर्चेज, लिजिङ्ग, हाउजिङ्ग, अधिविकर्ष लगायतका कर्जा दिने,                                      ()  आफु कहाँ पहिले नै धितो रहिसकेको चल अचल सम्पत्तिको मूल्यले खामेसम्मको रकम कर्जा दिने वा अन्य बैंक वा वित्तीय संस्थामा धितो रहिसकेको चल अचल सम्पत्तिको पुनः धितोमा त्यसको मूल्यले खामेसम्मको रकम कर्जा दिने,

()  आवश्यकता अनुसार राष्ट्र बैंकबाट पुनर्कर्जा लिने वा अन्य बैंक वा वित्तीय संस्थाबाट कर्जा लिने दिने,

(च)  परियोजनाको प्रबद्र्धनको लागि नेपाल सरकार वा अन्य स्वदेशी वा विदेशी निकाय मार्फत प्राप्त भएको रकमबाट कर्जा प्रवाह गर्ने वा कर्जा व्यवस्थापन गर्ने,

()  प्रचलित कर्जा अपलेखन विनियमावलीको अधीनमा रही कर्जा अपलेखन गर्ने,                     () पूँजीकोष पुरा गर्ने प्रयोजनका लागि शेयर, डिबेञ्चर, ऋणपत्र आदि जारी गर्ने,

() प्रचलित कानूनकोअधीनमा रही विदेशी विनिमय कारोबार गर्ने,

() नेपाल सरकार वा राष्ट्र बैंकले जारी गरेको ऋणपत्र खरिद–बिक्री गर्ने वा सकार गर्ने,

(ट) ग्राहकको निमित्त कमिशन एजेण्ट भई शेयर, डिबेञ्चर वा सुरक्षणको जिम्मा लिने, खरिद–बिक्री गरिदिने, शेयरको लाभांश, डिबेञ्चर वा सुरक्षणको ब्याज आदि उठाई दिने र सोको लाभांश, मुनाफा वा ब्याज नेपालभित्र वा विदेशमा पठाउने, ग्राहकको लागि सेफ डिपोजिट भल्टको व्यवस्था गर्ने, 

(ठ)  वासलात बाहिरको कारोबार गर्ने,

(ड) विपन्न वर्ग, न्यून आय भएको परिवार, दैवी प्रकोप पीडित तथा मुलुकका कुनै क्षेत्रका बासिन्दाको आर्थिक उत्थानको लागि व्यक्तिगत वा सामुहिक जमानीमा राष्ट्र बैंकले तोके बमोजिमको रकमसम्म कर्जा दिने,

(ढ) आफु तथा अन्य बैंक वा वित्तीय संस्थाबाट कर्जा लिने वा कुनै प्रकारको सुविधा लिने ऋणी वा ग्राहकको विवरण, सूचना वा जानकारी राष्ट्र बैंक, सम्बन्धित निकाय वा अन्य बैंक वा वित्तीय संस्थाबीच लिने दिने, 

(ण) यस ऐन र प्रचलित कानून बमोजिम आफ्नो स्वामित्वमा आउने सबै प्रकारका जायजेथाको उचित व्यवस्थापन तथा बिक्री गर्ने,

(त) परियोजना धितो राखीे कर्जा दिने, सहवित्तीयकरणको आधारमा धितो विभाजन (पारी पासु) गर्ने गरी आपसमा भएको सम्झौता अनुसार संयुक्त रुपमा कर्जा दिने, दिलाउने व्यवस्था गर्ने,

(थ) आफ्नो ग्राहकको तर्फबाट जमानतपत्र जारी गर्ने र सो बापत ग्राहकसँग आवश्यक शर्त गराउने, निजको चल अचल सम्पत्ति धितोबन्धक लिने वा तेस्रो व्यक्तिको जेथा जमानत लिने, 

(द) विनिमयपत्र, प्रतिज्ञापत्र, चेक, यात्रुचेक, ड्राफ्ट जारी गर्ने, स्वीकार गर्ने, भुक्तानी दिने, डिस्काउण्ट गर्ने वा खरिद–बिक्री गर्ने,

(ध) आफ्नो चल अचल सम्पत्ति धितो राखी कर्जा लिने

(न) राष्ट्र बैंककोपूर्व स्वीकृति लिई प्रतीतपत्र र विप्रेषणको कारोबार गर्ने,

(प)  ग्राहकको निमित्त कमिशन एजेण्ट भई शेयर, डिबेञ्चर वा सुरक्षणको जिम्मा लिने, खरिद बिक्री गरिदिने, शेयर, डिबेञ्चर वा सुरक्षणको लाभांश, ब्याज, मुनाफा आदि उठाइदिने, सेफ डिपोजिट भल्टको व्यवस्था गर्ने,

(फ) नेपालभित्र रकम स्थानान्तरण सम्बन्धी काम गर्ने,

(ब) परियोजना स्थापना, सञ्चालन र बैंकिङ्ग, लेखा, सम्पत्ति, कर्जा मूल्याङ्कन सम्बन्धी अध्ययन, अनुसन्धान, सर्भेक्षण गर्ने गराउने तथा तालीम, परामर्श र अन्य सेवा प्रदान गर्ने तथा जानकारी उपलब्ध गराउने,

(भ) राष्ट्र बैंकले तोकेको अन्य काम गर्ने । 

Comments