बैंक तथा बित्तीय संस्था सन्बन्धी ऐन २०७३ अनुसार "ग" वर्गको वित्तीय संस्थाको काम कर्तव्य र अधिकारहरु उल्लेख गर्नुहोस ।

उत्तर  बैंक तथा बित्तीय संस्था सन्बन्धी ऐन २०७३ को परिच्छेद -७ को दफा ४९  बैंक वा वित्तीय संस्थाले बैंकिङ्ग तथा वित्तीय कारोबार गर्न सक्ने सम्बन्धि को उपदफा (३) बमोजिम  "ग"वर्गको वित्तीय संस्थाको काम कर्तव्य र अधिकारहरु देहायबमोजिम उल्लेख गर्ने सकिन्छ: -                                                      (१) यो ऐन, प्रबन्धपत्र र नियमावली तथा राष्ट्र बैंकले तोकेको सीमा, शर्त वा निर्देशनकोअधीनमा रही “ग” वर्गको वित्तीय संस्थाले देहाय बमोजिमको बैंकिङ्ग तथा वित्तीय कारोबार गर्न सक्नेछ :–                                          (क) ब्याज वा बिना ब्याजमा निक्षेप स्वीकार गर्ने वा विभिन्न वित्तीय उपकरण मार्फत निक्षेप परिचालन गर्ने र तिनको भुक्तानी दिने,

(ख) विद्युतीय उपकरण वा साधनको माध्यमबाट निक्षेप स्वीकार गर्ने, भुक्तानी दिने, लेनदेन गर्ने, मध्यस्थताको काम गर्ने र रकमान्तर गर्ने,

() आफु कहाँ पहिले नै धितो रहिसकेको चल अचल सम्पत्तिको मूल्यले खामेसम्मको रकम कर्जा दिने वा अन्य बैंक वा वित्तीय संस्थामा धितो रहिसकेको चल अचल सम्पत्तिको पुनः धितोमा त्यसको मूल्यले खामेसम्मको रकम कर्जा दिने,

(), आवश्यकता अनुसार राष्ट्र बैंकबाट पुनर्कर्जा लिने वा अन्य बैंक वा वित्तीय संस्थाबाट कर्जा लिने दिने,

() प्रचलित कर्जा अपलेखन विनियमावलीको अधीनमा रही कर्जा अपलेखन गर्ने,

(च)  पूँजीकोष पुरा गर्ने प्रयोजनका लागि शेयर, डिबेञ्चर, ऋणपत्र आदि जारी गर्ने,

()   नेपाल सरकार वा राष्ट्र बैंकले जारी गरेको ऋणपत्र खरिद–बिक्री गर्ने वा सकार गर्ने,                          () ग्राहकको निमित्त कमिशन एजेण्ट भई शेयर, डिबेञ्चर वा सुरक्षणको जिम्मा लिने, खरिद–बिक्री गरिदिने, शेयरको लाभांश, डिबेञ्चर वा सुरक्षणको ब्याज आदि उठाई दिने र सोको लाभांश, मुनाफा वा ब्याज नेपालभित्र वा विदेशमा पठाउने, ग्राहकको लागि सेफ डिपोजिट भल्टको व्यवस्था गर्ने, 

() विपन्न वर्ग, न्यून आय भएको परिवार, दैवी प्रकोप पीडित तथा मुलुकका कुनै क्षेत्रका बासिन्दाको आर्थिक उत्थानको लागि व्यक्तिगत वा सामुहिक जमानीमा राष्ट्र बैंकले तोके बमोजिमको रकमसम्म कर्जा दिने,

() आफु तथा अन्य बैंक वा वित्तीय संस्थाबाट कर्जा लिने वा कुनै प्रकारको सुविधा लिने ऋणी वा ग्राहकको विवरण, सूचना वा जानकारी राष्ट्र बैंक, सम्बन्धित निकाय वा अन्य बैंक वा वित्तीय संस्थाबीच लिने दिने,

(ट) यस ऐन र प्रचलित कानून बमोजिम आफ्नो स्वामित्वमा आउने सबै प्रकारका जायजेथाको उचित व्यवस्थापन तथा बिक्री गर्ने,

(ठ) हायर पर्चेज, लिजिङ्ग, हाउजिङ्ग लगायतका कर्जा दिने,

(ड) अन्य बैंक वा वित्तीय संस्थासँग मिली सहवित्तीयकरणको आधारमा धितो विभाजन पारी पासु) गर्ने गरी आपसमा भएको सम्झौता अनुसार संयुक्त रुपमा कर्जा दिने,

(ढ) आफ्नो चल अचल सम्पत्ति धितो राखी कर्जा लिने,

(ण) आफ्नो जायजेथाको उचित प्रबन्ध गर्ने, बिक्री गर्ने वा बहालमा दिने,

(त) विनिमयपत्र, प्रतिज्ञापत्र, चेक, यात्रुचेक, ड्राफ्ट वा अन्य वित्तीय उपकरण जारी गर्ने, स्वीकार गर्ने, भुक्तानी दिने, डिस्काउण्ट गर्ने वा खरिद बिक्री गर्ने,

(थ) राष्ट्र बैंकको स्वीकृति लिई विदेशी मुद्राको कारोबार गर्ने, 

(द) कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई सवारी साधन, मेसिन औजार, उपकरण, घरायसी टिकाउ सामान वा त्यस्तै अन्य चल सम्पत्तिको लागि किस्ताबन्दी वा हायरपर्चेज कर्जा उपलब्ध गराउने,

(ध) कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई सवारी साधन, मेसिन, औजार उपकरण, घरायसी टिकाउ सामान वा त्यस्तै चल सम्पत्ति भाडामा लिन कर्जा (लिजिङ्ग फाइनान्स) उपलब्ध गराउने वा त्यस्ता चल सम्पत्ति भाडामा लिने, दिने,

(न) आफ्नो ग्राहकको तर्फबाट जमानतपत्र जारी गर्ने र सो बापत ग्राहकसँग आवश्यक शर्त गराउने, सुरक्षण लिने, निजको चल अचल सम्पत्ति धितोबन्धक लिने वा तेस्रो व्यक्तिको जेथा जमानत लिने,

(प)  आफ्नो सम्पत्तिको कुनै अंश वा पूरै बिक्री गर्ने वा लिजमा दिने,

(फ) खरिद गरिएको कुनै पनि वस्तुको तत्काल वा पछि भुक्तानी गर्ने (डिफर्ड) मूल्यमा अर्को खरिदकर्तालाई बिक्री गर्नु परेमा वित्तीय संस्था र बिक्रेताको सहमति अनुसार सो वस्तुको मूल्य तय गर्ने,

(ब) राष्ट्र बैंकले तोकेको अन्य काम गर्ने ।    

Comments