बैंक तथा बित्तीय संस्था सन्बन्धी ऐन २०७३ अनुसार “घ” वर्गको लघु वित्त वित्तीय संस्था को काम कर्तव्य र अधिकारहरु उल्लेख गर्नुहोस ।
उत्तर बैंक तथा बित्तीय संस्था सन्बन्धी ऐन २०७३ को परिच्छेद -७ को दफा ४९ बैंक वा वित्तीय संस्थाले बैंकिङ्ग तथा वित्तीय कारोबार गर्न सक्ने :को उपदफा (४) बमोजिम “घ” वर्गको लघु वित्त वित्तीय संस्थाको काम कर्तव्य र अधिकारहरु देहायबमोजिम उल्लेख गर्ने सकिन्छ: - ४) यो ऐन, प्रबन्धपत्र, नियमावली र राष्ट्र बैंकले तोकेको सीमा, शर्त तथा निर्देशनको अधीनमा रही “घ” वर्गको वित्तीय संस्थाले देहाय बमोजिमको बैंकिङ्ग तथा वित्तीय कारोबार गर्न सक्नेछ :–
(क) राष्ट्र बैंकले तोके अनुसारको परियोजना, बचत कायम गरेको समूह वा समूहको सदस्यलाई लघु व्यवसाय सञ्चालन गर्न कुनै चल अचल सम्पत्ति सुरक्षण वा जमानत लिई वा नलिई लघुकर्जा दिने,
(ख) बैंक वा वित्तीय संस्था वा स्वदेशी वा विदेशी संघ वा संस्था आदिबाट कर्जा वा अनुदान प्राप्त गर्ने र त्यस्तो कर्जा वा अनुदान लघुकर्जा वितरणमा वा सो कार्यलाई प्रभावकारी बनाउने काममा प्रयोग गर्ने,तर विदेशी संघ वा संस्था आदिबाट कर्जा वा अनुदान लिनु अघि राष्ट्र बैंकको स्वीकृति लिनु पर्नेछ ।
(ग) लघुकर्जा उपलब्ध गराउनु अघि जुन कार्यको लागि कर्जा माग भएको हो सो सम्बन्धी कार्यको मूल्याङ्कन गर्ने र त्यस्तो कार्यको सम्भाव्यता छ, छैन पहिचान गर्ने,
(घ) लघुकर्जा परिचालन सम्बन्धमा समूहलाई आवश्यक पर्ने सेवा तथा परामर्श प्रदान गर्ने,
(ङ) लघुकर्जा समयमा असुल उपर गर्नेतर्फाबाट आवश्यक कारबाही गर्ने,
(च) राष्ट्र बैंकको स्वीकृति लिई राष्ट्र बैंकले तोकिदिएको शर्त बन्देजको अधीनमा रही निक्षेप स्वीकार गर्ने तथा त्यस्तो निक्षेपको भुक्तानी दिने,
(छ) पूँजीकोष पुरा गर्ने प्रयोजनका लागि शेयर, डिबेञ्चर, ऋणपत्र आदि जारी गर्ने,
(ज) आफु तथा अन्य कुनै बैंक वा वित्तीय संस्थाबाट कर्जा वा कुनै प्रकारको सुविधा लिने ऋणी वा ग्राहकको विवरण सूचना वा जानकारी राष्ट्र बैंक, सम्बन्धित निकाय वा अन्य बैंक वा वित्तीय संस्थाबीच लिने दिने,
(झ) राष्ट्र बैंकले तोकेको अन्य काम गर्ने
Comments