बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३, अनुसार बैङ्क तथा वित्तीय संस्थाको कार्यकारी प्रमुखको काम, कर्तव्य र अधिकार के–के हुन् ?
आफ्नो कामको निमित्त सञ्चालक समितिप्रति उत्तरदायी हुने बैङ्क तथा वित्तीय संस्थाको कार्यकारी प्रमुखको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुने व्यवस्था बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ ले गरेको छ :
- प्रबन्धपत्र र नियमावलीको अधीनमा रही सञ्चालक समितिबाट प्रदत्त अधिकार प्रयोग गर्ने, सञ्चालक समितिको निर्णय लागू गर्ने र बैङ्क वा वित्तीय संस्थाको काम कारबाही तथा कारोबारको रेखदेख तथा नियन्त्रण गर्ने,
- बैङ्क वा वित्तीय संस्थाको वार्षिक बजेट र कार्ययोजना तयार गरी स्वीकृतिका लागि सञ्चालक समितिसमक्ष पेस गर्ने,
- बैङ्क वा वित्तीय संस्थाको कर्मचारी विनियमावलीको अधीनमा रही आवश्यक जनशक्ति व्यवस्थापन गर्ने,
- साधारण सभाद्धारा गरिएका निर्णय कार्यान्वयन गर्ने,गराउने,
- बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐ न, २०७३ र राष्ट्र बैङ्कको निर्देशनअनुरूप संस्था सञ्चालन गर्ने र बैङ्क वा वित्तीय संस्थाको प्रभावकारी आन्तरिक नियन्त्रण एवं जोखिम व्यवस्थापन गर्ने,
- बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३, राष्ट्र बैङ्कको निर्देशन, प्रबन्धपत्र र नियमावलीको अधीनमा रही बैङ्क वा वित्तीय संस्थाले राष्ट्र बैङ्क वा अन्य कुनै निकायमा पेस गर्नुपर्ने विवरण, कागजात, निर्णय आदि यथासमयमा पेस गर्ने,
- निक्षेपकर्ता, सेयर धनी तथा बैङ्क वा वित्तीय संस्थाको उच्चतम हित हुने गरी सञ्चालन गर्ने,
- सञ्चालक समितिले निर्धारण गरेको नीतिअन्तर्गत रही उच्च व्यवस्थापनका लागि उचित मापदण्ड लागू गर्ने ।
निशोष बस्नेत😍
Comments