सम्पत्ति शुद्धीकरणका प्रमुख सम्भाव्य स्रोतहरु के के हुन् ?

सम्पत्ति शुद्धीकरणका प्रमुख सम्भाव्य स्रोतहरु

गैरकानुनी रुपमा आर्जित सम्पत्तिलाई कानुनी आय बनाउने अर्थात कालो धनलाई सेतो धन बनाउने प्रक्रियाको सबै प्रयास एवं क्रियाकलापलाई सम्पत्ति शुद्धीकरणको स्रोतको रुपमा लिनुपर्दछ । सम्पत्ति शुद्धीकरणका सम्भाव्य स्रोतहरु विभिन्न हुनसक्ने भएतापनि देहायका स्रोतहरुबाट प्राप्त आर्जनको सम्पत्ति शुद्धीकरण हुने गरेको विश्वव्यापी अनुभव छ ।

आतंककारी कार्य र आतंकवादमा भएको वित्तीय लगानी,
लागू औषध कारोवार,
भ्रष्टाचार,
अवैध हातहतियारको कारोवार,
मानव तस्करी तथा अमूल्य वस्तु, जनावर र बोटविरुवाको तस्करी,
सीमा तस्करी,
चिठ्ठा ठगी,
माफिया सञ्चालन,
हुण्डी व्यापार,
क्यासिनो,
अपहरण र फिरौती,
चोरी र डकैति (पाइरेसी),
राजश्व छली
कुनै पनि गैर कानूनी कार्य वा कालो धन सेतो पार्ने जुनसुकै कार्य ।
अर्को तर्फबाट हेर्दा आपराधिक संगठनहरुका सदस्यहरु, भ्रष्ट कर्मचारीहरु, लागु पदार्थका कारोबारीहरु, आतंककारीहरु, गैरकानूनी व्यापारीहरु, असामाजिक क्रियाकलापमा लागेका व्यक्तिहरुका गतिविधिहरु सम्पत्ति शुद्धीकरणका प्रमुख स्रोतहरु हुन् ।

Comments