सामान्य ज्ञान
- विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघाको उचाई कति छ? –८,५८६ मिटर
- नेपालमा ‘चुरे संरक्षण दिवस’ कहिले मनाइन्छ ? असार २ गते
- ‘आदिवासी जातजाति बहुजातीय संग्रहालय’ कहाँ रहेको छ ? सुनसरीको धरान
- परस्त्रीसँग अनुचित सम्बन्ध राखेको आरोपमा तलेजुमा काटिएर मारिने राजा को हुन् ? विश्वजित मल्ल
- थारू जीवनशैलीका लागि प्रसिद्ध स्थल (होमस्टे क्षेत्र) भादा गाउँ कुन जिल्लामा पर्दछ ? कैलाली
- नेपालको इतिहासमा सर्वप्रथम ऐन प्रमाणित गर्ने जनप्रतिनिधि को हुन् ? सुवासचन्द्र नेम्वाङ (पेस्की खर्च ऐन २०६३)
- विश्वमा कतैपनि नपाइने स्नोट्राउट माछा नेपालको कुन तालमा पाइन्छ ? रारा ताल
- विश्वमा कुन देशलाई ‘कविहरूको देश’ भनेर भनिन्छ ? चिली
- ‘पञ्चायतको मलामी’ भनेर नेपालको इतिहासमा कसलाई भनिन्छ ? मरिचमानसिंह
- पुरातात्विक महत्व बोकेको धार्मिक एवं ऐतिहासिक स्थल किच्चकबध क्षेत्र नेपालको कुन जिल्लामा पर्दछ ? झापा (किच्चकबध क्षेत्र महाभारतकालीन घटना संग जोडिएको छ)
- “लाल चोक” कुन दरबार भित्र रहेको चोक हो ? पचपन्न (५५ ) झ्याले दरवार
- काजकिस्तानले आफ्नो देशको राजधानीको नाम परिवर्तन गरी के नामाकरण गरेको छ ? नुर सुल्तान
- सुपारी विवाह कुन जातिमा प्रचलित छ ? धिमाल
- नेपाली भाषाका प्रथम कवि कसलाई मानिन्छ ? सुवानन्द दास
- राउटे समुदायले केवल बाजामात्र बजाएर नाच्ने नाचलाई के भनिन्छ ? बैशाली
- टंगाल दरवार कसले बनाएका हुन् ? भीमशमशेर
- राष्ट्रिय आयोजना बैङ्कको शुभारम्भ कहिले गरिएको हो ? विसं २०७६ माघ २६
- रानीटार विमानस्थल कुन जिल्लामा पर्छ ? पाँचथर
- पशुपक्षी एवम् बालीनालीको उत्पादकत्व बढाउने उद्देश्यसाथ व्यावसायिक रूपमा झिँगापालनको सुरुवात कहाँ गरिएको हो ? चितवन
- कहिल्यै आँखा नचिम्लने जीव माछा हो भने कहिल्यै आँसु नझार्ने जीव कुन हो ? चिम्पाञ्जी
- खस आर्य भन्नाले कुन–कुन जाति बुझिन्छ ? ब्राह्मण, क्षेत्री, ठकुरी, सन्यासी–दसनामी
- प्रमुख निर्वाचन आयुक्त वा निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता कति हो ? स्नातक तह
- दक्षिण एसियाकै पहिलो ‘स्काई वाक टावर’को निर्माण कहाँ गरिने भएको छ ? कमलादी, काठमाडौँ, विसं २०७६ मङ्सिर २१ मा टावरको शिलान्यास गरिएको, टावरको उचाइ ७८ मिटर रहेको ।
- सुर्खेत जिल्लाको पुरानो नाम के हो ? दोभाने चौर
- नेपाल–चीन वैज्ञानिक सीमाङ्कन कहिले भएको हो ? २०१८
- नेपालको हिमनदीहरुमा सबैभन्दा लामो तथा ठूलो हिमनदी कुन हो ? सबैभन्दा लामो–खुम्वु हिमनदी, ठूलो हिमनदी–लाङटाङ
निशोष बस्नेत Nisos Basnet
Comments