कर्जा अपलेखन विनियमावली अनुसार कर्जा असुली इकाईको काम, कर्तव्य र अधिकारः

 कर्जा अपलेखन विनियमावली अनुसार कर्जा असुली इकाईको काम, कर्तव्य र अधिकारः 

कर्जा अपलेखन विनियमावली को परिच्छेद – ३ अपलेखित कर्जाको लेखा, असुली तथा असुली इकाई सम्बन्धी व्यवस्था को १३ अनुसार कर्जा असुली इकाईको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–

(१) कर्जा असुली इकाईको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–

(क) कर्जा असुली इकाईले अपलेखित कर्जाको असुलीको लागि वार्षिक कार्ययोजना तथा त्रैमासिक रणनीति तर्जुमा गरी कर्जा असुली विभाग÷शाखा को सिफारिशमा कार्यकारी प्रमुखवाट स्वीकृत गराई लागु गर्नु पर्नेछ ।

(ख) कर्जा असुली इकाईले खण्ड (क) बमोजिम स्वीकृत कार्ययोजना तथा रणनीति अनुरुपको प्रगति प्रतिवेदन कर्जा असुली विभाग शाखा वा तोकिएको खराव कर्जा व्यवस्थापन अधिकृत मार्फत कार्यकारी प्रमुख समक्ष त्रैमासिक रुपमा पेश गर्नुपर्नेछ ।

(२) उपविनियम (१) को खण्ड (क) बमोजिम त्रैमासिक रणनीति तथा वार्षिक कार्यक्रम स्वीकृति हुने क्रममा रहेको अवस्थामा पनि कर्जा असुली इकाइ वा सम्वन्धित कार्यालयबाट अपलेखित कर्जा असुलीको नियमित प्रकृया अगाडि बढाउन सकिनेछ। 



                                                                                                                    निशोष बस्नेत 😍






Comments