आर्थिक वर्ष २०७८/७९ मा प्रस्तुत बजेटका मुख्य मुख्य विशेषताहरु

-जम्मा बजेट रकम रु. १६ खर्ब ४७ अर्ब ५७ करोड 

खर्च : 

चालुगत तर्फ                        : ६ खर्ब  ७८ अर्ब (४१.२%)

पूँजीगत तर्फ                        : ३ खर्ब ४७ अर्ब २६ करोड (२२.७%)

वित्तीय ब्यबस्थापन तर्फ        : २ खर्ब ९७ अर्ब ७१ करोड (२३.५%)

प्रदेश र स्थानीय तह              : ३८६.७१अर्ब २३.५%)

स्रोत व्यवस्थापन 

राजस्व                        १० खर्ब २४ अर्ब ९० करोड 

बैदेशिक ऋण               ३ खर्ब ९ अर्ब २९ करोड 

आन्तरिक ऋण              २ खर्ब ५० अर्ब 

बैदेशिक ऋण                ६३ अर्ब ३७ करोड  

आर्थिक वर्ष २०७८/७९ मा प्रस्तुत बजेटका मुख्य मुख्य विशेषताहरु 

  •  आर्थिक वृद्धिदर                        ६.५%,
  • मुद्रास्फीति दर                           ६.५%,
  • औपचारिक क्षेत्रमा काम गर्ने सबै खाले श्रमिकको आधारभूत तलब मासिक १५ हजार पु¥याइने,
  • ढल्केबर, बर्दाघाट र लम्कीमा ट्रमा सेन्टर निर्माणको लागि बजेट बिनियोजन ,
  • सामाजिक सुरक्षा भत्ता ३३% वृद्धि जेष्ठ नागरिक भत्ता ४००० पुग्यो,
  • सरकारी कर्मचारीको तलब रु. २००० ले वृद्धि,
  • सुरक्षाकर्मीको खाई पाई आएको रासन भत्तामा १५% ले वृद्धि,
  • निशेधाज्ञा अवधिभर बिधुत महसुलमा ५० % सम्म छुट,
  • ५ वर्षभित्र नेपाललाई चामल, गंहुमा ३ वर्षभित्रमा दुध र तरकारीमा २ बर्षमा आत्मनिर्भर बनाइने, 
  • आगामी एक वर्षमा १ लाखलाई नि:शुल्क तालिम दिने ,
  • साउन १ गते देखि ४० माइक्रोन भन्दा पातलो प्लास्टिकको झोला उत्पादन तथा बिक्रिबितरणमा रोक लगाउने, 
  • सरकारी कर्मचारीलाई १० दिन तलब सहित पर्यटन विदा,
  • शैक्षिक प्रमाणपत्र धितो राखेर रु. २५ लाख सम्म ऋण लिन सक्ने,
  • पत्रकारका नागी निशुल्क उपचार ७ लाख सम्मको दुर्घटना बिमा र १ लाखको सस्वस्थ्य बिमा हुने,
  • निजामति  कर्मचारीलाई १० लाख सम्मको दुर्घटना बिमा,
  • अक्सिजन उधोगको लागि बिधुतमा ५०% छुट,
  • तरकारी, दुध र माछा मासुको ढुवानी गर्दा किसानले २५% अनुदान पाउने,
  • गरिबी निवारण कोष र सांसद विकाश कोष  खारेज,
  • स्टार्टअप ब्यबसायलाई १% ब्याजमा २५ लाख सम्म ऋण,
  • नेपाल टेलिकमले २२% सेयर ग्राहकका लागि, 
  • बैदेशिक रोजगारीबाट फर्किएका युवालाई ५% ब्याजदरमा सहुलियत ऋण,
  • बाल विकास कक्षाका शिक्षिकाले पाउने तलबमा ८ हजार रुँपैया सरकारले दिने बाकी स्थानीय तहले दिनुपर्ने,
  • सरकारले आगामी आर्थिक वर्षमा सबै प्रदेशमा भुमि बैकका शाखा विस्तार गर्ने भएको छ,
  • महिला स्वास्थ्य स्वंयमसेविकाको यातायात खर्च शत प्रतिशत वृद्धि गरि १२ हजार पुर्याएको,
  • खाध कम्पनि र साल्ट ट्रेडिङवाट खाधान्न र ग्यास किन्दा २०% छुट,
  • पेट्रोलियम पदार्थबाट चल्ने गाडीलाई २०८८ सम्म बिधुतिय सवारीले विस्थापन गरिने,
  • बिधुताबाट चल्ने घरायसी सामाग्रीको भन्सार मुल्य घटाउने,
  • साउन १ गते देखि मोबाइल डिभाईस ब्यबस्थापन प्रणाली संचालनमा ल्याउने,
  • २ वर्षमा सबै नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्र प्रदान गरिने,
  • एक विधालय एक स्वास्थ्यकर्मी नीति अवलम्बन गरिने,
  • कोभिड १९ बाट मृतु भएको परिवारका छात्रछात्रलाई अनिवार्य छात्रवृत्ति दिन दिइने,
  • सबै प्रदेशमा चिडियाखाना स्थापना गरिने,
  • सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज गरेको छ,
                                                                                                                                    निशोष बस्नेत😍









 

 

Comments

Unknown said…
Thank you
Unknown said…
Thank you so much🙏